आइतबार, १० साउन २०८३

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु


दाङ । राजपुर गाउँपालिकामा  ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका— २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो ।

बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी  ढिस्कोमा पुरिएका थिए । निजलाई उद्धार गरी  अस्पताल पु-याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ