आइतबार, १८ माघ २०८२

१९ वर्ष पुरानो गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन सर्वाेच्चकाे परमादेश


काठमाडाैं ।  सर्वोच्च अदालतले १९ वर्ष पुरानो गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले यो परमादेश जारी गरेको हो।

यो आदेशसँगै २७ जनाको ज्यान गएको गौर हत्याकाण्डको अनुसन्धान तथा अभियोजनको प्रक्रिया बढ्ने भएको छ।

सर्वोच्चबाट यो निर्णय भएपछि सांसद प्रभु साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज सर्वोच्च अदालतले गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन गरेको आदेशबाट न्यायको जित भएको छ। विगत लामो समयदेखि अनवरत संघर्षरत एवं न्यायको पर्खाइमा रहेका बीभत्स गौर नरसंहारका पीडितहरूमा न्याय पाउने आशा र विश्वास बढेर गएको छ। आजबाट निर्बाध रूपमा शीघ्र न्याय निरुपण भई दोषीहरू कानुनको दायरामा आउने विश्वास समेत व्यक्त गर्दछु।’

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ