बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



कांग्रेसमा विशेष महाधिवेशन पक्षधरकाे आज सभागृहमा भेला
शुक्रबार, २२ जेठ २०८३

कांग्रेसमा विशेष महाधिवेशन पक्षधरकाे आज सभागृहमा भेला


काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला बोलाएको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसाे १ बजे हुने भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई दबाब दिनेछ । केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएकाे छ ।

भेलामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले निर्वाचन अघि नै नियमित महाधिवेशन  हुन नसके विशेष महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन् । तर सभापति शेरबहादुर देउवा पक्षले भने निर्वाचन अघि महाधिवेशन सम्भव नहुने बताउँदै आएको छ ।

विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेको अगुवाइमा भेला आयाेजना हुन लागेकाे हाे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ