बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



सुदन किराँती, सन्तोष परियार र दुर्गा सोवबीच ५ बुँदे सहमति
बिहिबार, २१ जेठ २०८३

सुदन किराँती, सन्तोष परियार र दुर्गा सोवबीच ५ बुँदे सहमति


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय अभियानका संयाेजक सुदन किराँती र नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)की संयोजक दुर्गा सोवबीच ५ बुँदे सहमति भएको छ।

शुक्रबार आयोजिक एक कार्यक्रममा तीन नेताबीच ५ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।

यस्ता छन् ५ बुँदे सहमति

१. विभिन्न कालखण्डमा नेपाली जनताले नेतृत्व गरेका सबै खाले मुक्ति आन्दोलन देखि पछिल्लो जेन-जी आन्दोलन सम्मका महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। घाइते, वेपत्ता योद्धाहरूप्रति उच्च सम्मान गर्दै उहाँहरूको सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
२. एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाब चिन्ह एउटै बनाउन सहमति जनाउदछौँ ।
३. म‌ङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौं।
४. देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गर्दछौँ।
५. भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरुलाई हातेमालो गर्न अपिल गर्दछौँ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ