शुक्रबार, ०९ असोज २०८३

उपत्यका खाेला करिडाेरमा यात्रा गर्न राेक


काठमाडौं । काठमाडौं उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर क्षेत्रमा यात्रा नगर्न आह्वान गरेको छ ।

ललितपुरको च्यासलमा रहेकाे पुल बाढीले छाेपछि ट्राफिक प्रहरीले पुलबाट आउजाउ गर्न रोक लगाएको छ ।

उपत्यकाभित्रका नदीहरूमा बाढीको सहत बढेपछ प्रहरीले माइकिङ गर्दै करिडोरमा यात्रा नगर्न आह्वान समेत गरेको हो ।

साथै खोला तथा नदी किनारका सडकमा पार्किङ गरिएका सवारी साधन हटाउन पनि ट्राफिक प्रहरीले आग्रह गरेकाे छ । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ