आइतबार, ०९ कात्तिक २०८२

सामान्य अंकले बढ्याे शेयर बजार


काठमाडाैं ।  आइतबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ५.१९ अंकले बढेर २,५०५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४६ कम्पनीको शेयर मूल्य घटेको छ । ४ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन २ अर्ब ६६ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा १०.७५ प्रतिशत एसबिएल ऋणपत्र २०८९का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.१६ प्रतिशतका दरले गुमाएका हुन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ