सोमबार, २३ चैत २०८२

शेयर बजारमा पहिराे : १०५ अंकले घट्याे


काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो ।

आज १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ७ कम्पनीको शेयरमूल्य बढ्दा २६१ वटाको घटेको छ ।

घटेको बजारमा चार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, रिजलाइन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, तीन कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरूले सर्वाधिक गुमाए । जसमा नारायणी विकास बैंक, हिमालयन रि–इन्स्योरेन्स कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

कारोबार पनि हिमालयन रि–इन्स्योरेन्स कम्पनीकै सर्वाधिक भएको छ । यस कम्पनीको आज ५८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

यस कम्पनीको शेयरमूल्य ९.८४ प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार भने हिमालयन रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ