- असार ०६, २०८०
काठमाडौं । सेयर बजारले २७ सय अंक पार गरेकाे छ । मंगलबार बजार परिसूचक नेप्से ३८.५२ अंक बढेसँगै २७१२ मा कायम भएको छ ।
प्रतिनिधी सभाकाे छेकाेमा शेयर बजारले सकारकात्मक संकेत देखाएकाे छ ।
आज व्यापारबाहेकका सबै सूचक बढेका छन् । व्यापार ०.८४ प्रतिशत घट्यो । बैंकिङ १.६४, विकास बैंक १.५९, फाइनान्स १.४३, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर २.१३, लगानी १.५२, जीवन बीमा १.०५, उत्पादन तथा प्रशोधन १.४९, माइक्रोफाइनान्स १.६६, निर्जीवन बीमा १.११ तथा अन्य समूह १.०३ प्रतिशत बढे ।
साल्पा विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै पन्चकन्य माइ हाइड्रोपावरको ९.८९, रिलायन्स स्पिनिङ मिल्सको ९.८२, मोलुङ हाइड्रोपावरको ६.१८, लक्ष्मी लघुवित्तको ६.०९ प्रतिशत मूल्य बढ्यो ।
शुभम् पावरको मूल्य सबैभन्दा धेरै २.५३ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, एसवाई प्यानल, मञ्जुश्री फाइनान्स तथा ङादी ग्रुप क्रमश अगाडि रहे ।
टिप्पणीहरू: