- असार ०७, २०८०
काठमाडौँ । हेलिपोर्ट निर्माणमा भ्रष्टाचार अभियोग लागेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको थुनछेक बहसका लागि विशेष अदालतमा बयान सुरु भएको छ।
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले गत बुधबार अधिकारी र भण्डारीलाई पक्राउ गरी ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७७ पैसा बिगो र त्यति नै जरिवाना असुलउपर गर्नुपर्ने मागदाबीसहित विशेष अदालतमा बुधबार मुद्दा दायर गरेकाे छ।
अधिकारी हेलीपोर्ट निर्माण प्रकरणका साथै सिनामंगलस्थित प्राधिकरणको भवन निर्माण, पोखरा र भैरहवास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा पोखरामा विमान निगरानी गर्ने प्रविधि खरिद प्रकरणमा भएको अनियमितताका समेत आरोपी हुन् ।
टिप्पणीहरू: