शुक्रबार, ०५ मंसिर २०८२

स्टार्टअप कर्जा अभिमूखीकरण सम्पन्न


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज स्टार्टअप उद्यमशिलता अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसंगको सहकार्यमा महिला चेम्बरले गरेको स्टार्टअफ उद्यमशिलता कार्यक्रमबाट १ सय भन्दा बढी नवप्रवद्र्धनहरु लावान्धित भएका थिए ।

सरकारले शुरु गरेको स्टार्टअप कर्जा लिन चाहनेका लागि कर्जा प्रक्रीया, उद्योगको प्रकृति लगायतका विषयमा नवप्रवद्र्धनहरुलाई अभिमूखीकरण दिईएको थियो । 

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आव्हान गरेको स्टार्टअप कर्जाको प्रस्तावका लागि मंसिर ९ गते सम्मको समय तोकिएको छ । चेम्बर भवनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले स्टार्टअप कर्जा प्रस्ताव, कर्जा पाउने प्रक्रीया, कर्जा उपलव्ध गराईने क्षेत्र लगायतका विषयमा नवप्रवद्र्धनहरुलाई जानकारी दिए । 

अभिमूूखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप कर्जालाई सातै प्रदेशमा विस्तार गरेर उद्यमशिलताको विकास गर्नुपर्नेमा जोड दिए ।

आगामी आर्थिक वर्षको बजेटमा बृद्धि गरेर स्टार्टअप कर्जालाई देशव्यापी रुपमा विस्तार गर्नुुपर्ने उनको भनाई छ । 

स्टार्टअप कर्जा लिएर उद्यमशिलता गरेका नवप्रर्वद्धनहरुको सफल कथाहरुलाई बाहिर ल्याउनुपर्ने एवं उनीहरुको उत्पादन र बजारीकरणका लागि सहयोग हुनुुपर्ने अध्यक्ष अग्रवालले बताए । स्टार्टअप कर्जा सम्वन्धी थप अध्ययन अनुसन्धानमा चेम्बरले सहयोग गर्ने अध्यक्ष अग्रवालले बताए । 

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले स्टार्टअप कर्जाको सदुपयोग गरी उद्यमशिलता विकास गर्नुुपर्नेमा जोड दिइन् । महिला उद्यमशिलता सम्वन्धी अभिमूखीकरण कार्यक्रमलाई चेम्बरले निरन्तरता दिने उनको भनाई छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ