शुक्रबार, ०९ माघ २०८२

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा


फाइल तस्बिर

काठमाडाैँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका हुन्।

‘उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाउनुभएको छु,’ कुरा गर्दै उनले भने, ‘आफ्नो राजीनामाबारे टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु।’

जेनजी आन्दोलनपछि गठन भएको सरकारमा उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका थिए। वर्तमान सरकारमा उनी जेनजी पुस्ताको प्रतिनिधित्व गरिरहेका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ