शुक्रबार, १५ साउन २०८३

ब्रोड पिकमा छ जना नेपाली आराेही बेपत्ता


काठमाडौँ । पाकिस्तानकाे ब्राेड पिक हिमाल आराेहण गर्ने क्रममा छ जना नेपाली आराेही बेपत्ता भएका छन् ।

बेपत्ता नेपाली आरोहीमा पुरबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, न्वाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पुर्जा ‘निम्स दाइ’ रहेका छन्।

सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका पर्वतारोही बेपत्ता भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै खोजीका निम्ति आग्रह गरेको हो । 

पर्यटन विभागले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन १४ गतेकोे हिमपहिरोपछि बेपत्ता भएका आरोहीहरूको शीघ्र खोज तथा उद्धारका लागि आवश्यक पहल र समन्वय गर्न सरोकार भएका सबैसँग आग्रह गरिएको छ । 

बेपत्ता नेपाली आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको विभागले जनाएको छ । साथै, खोज तथा उद्धार कार्यसम्बन्धी आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी सूचनामात्र विश्वास गर्न पनि विभागले अनुरोध गरेको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ