- असार ०७, २०८०
काठमाडौँ। काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ।
जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ। प्रहरीका अनुसार पूर्ण रूपमा जलेको कारण शव पहिचान हुन सकेकाे छैन।
सबै मृतक पुरुष रहेकाे र शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।
जेनजी समूहको प्रदर्शनका क्रममा यही भदौ २४ गते चुच्चेपाटीसहित देशभरका भाटभटेनीमा आगजनी भएको थियो।
टिप्पणीहरू: