बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



कांग्रेसमा अन्तरघातकाे संकेत, देउवा सिंगापुर उडे
शनिबार, २३ जेठ २०८३

कांग्रेसमा अन्तरघातकाे संकेत, देउवा सिंगापुर उडे


काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली का‌ंग्रेसमा अन्तरघात हुने संकेत देखिएकाे छ ।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारकाे बहानामा सुटुक्क सिंगापुर उडेपछि अन्तरघातकाे संकेत देखिएकाे हाे ।

चुनाव आउन अब एक साता मात्र बाँकी रहेका छ । देउवाले अहिलेसम्म पार्टीका पक्षमा कुनै अभिव्यक्ति दिएका छैनन् ।

विषेश महाधिवेशनले गगन थापालाई सभापति चयन गरेपछि उनी रुष्ट हुँदै आएका छन् ।

सुरक्षा उच्च स्रोतका अनुसार उनी राति पौने १२ बजे आफ्ना सहयोगी भानु देउवासहित त्यसतर्फ लागेका हुन्।

देउवा निकट स्रोतले उनी स्वास्थ्य उपचारका लागि सिंगापुर गएकाे दाबी गरेको छ।

यसअघि गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ