शनिबार, १० साउन २०८२

मुकुल ढकालकाे रिटमा कारण देखाउ आदेश जारी, सर्वोच्चले बोलायो दुवै पक्षलाई


काठमाडौँ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले दिएको रिटमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासले ढकालकाे रिटमाथि कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई १७ असारका लागि छलफलमा बोलाएको हो।

ढकालले असार ४ गते रास्वपाको केन्द्रीय समिति र सदस्यहरूको अद्यावधिक विवरण माग गरेपछि निर्वाचन आयोगले ढकाल नै महामन्त्री रहेको र अद्यावधिक नभएको विवरण दिएको थियो।

ढकालले आयोगमा आफू महामन्त्रीको रूपमा रहेको अभिलेखलाई यथावत राख्नुपर्ने र महामन्त्रीको रूपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ