बुधबार, ०४ चैत २०८२

१३ अंकले बढ्याे शेयर


काठमाडौं । मंगलबार सेयर बजार १३.५१ अंकले बढेको छ । नेप्से परिसूचक २८१२ अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ११ अर्ब ९७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ३ करोडको काराेबार भयो ।

१३२ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने १७ को स्थिर रह्यो । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.५९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.८४, विकास बैंक ०.६४, लगानी ०.६१, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत बढे ।

फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.१७, जीवन बीमा ०.३१, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा ०.०३, व्यापार ०.२१ तथा अन्य समूह ०.१० प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन छन् ।

त्यस्तै शिवश्री हाइड्रोपावरको ८.१, लिबर्टी इनर्जीको ७.५३, माहुली लघुवित्तको ६.४४ तथा न्यादी हाइड्रोपावरको ६.१६ प्रतिशत मूल्य बढ्यो । अपरहेवाखोला हाइड्रोपावरको २.२६ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी हाइड्रोपावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ