- असार ०६, २०८०
काठमाडौं। नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्।
पार्टीकाे ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा ओली प्यानलका पोखरेल विजयी भएका हुन्।
महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी विजयी भएको हुन्।
पोखरेलले १२२८ मत प्राप्त गर्दा ईश्वर पोखरेल प्यानलका सुरेन्द्र पाण्डेले ९९९ मत पाए।
टिप्पणीहरू: