- असार ०६, २०८०
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी हप्ता सार्वजनिक गर्ने तयारी गरिएको छ ।
परिक्षा सकिएकाे एक महिनामा परिणाम सार्वजनिक गर्ने सरकारकाे सेड्युल अनुसार परिणाम सार्वजनिक हुने भएकाे हाे ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले सबै तयारी पूरा भइसकेको जानकारी दिइन्।
यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका थिए ।
तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिएका थिए । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी भएका छन्।
जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिएको थियो । माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यस वर्ष जुन केन्द्रमा परीक्षा दिइयो सोही सेन्टरमा उत्तरपुस्तिका जाँच भएको थियो ।
टिप्पणीहरू: