- असार ०६, २०८०
काठमाडौँ । मृत फेला परेकी तारकेश्वर नगरपालिका–३ की ४५ वर्षीया सरिता तिवारी आफ्नै प्रेमीबाट मारिएकाे प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
सरिता हत्यामा संलग्न टोखा नगरपालिका–२ का अनिल डङ्गोल पक्राउ परेपछि उनीहरुकाे सम्बन्धकाे रहस्य खुलेकाे हाे । एक वर्षदेखि सरितासँग घनिष्ट सम्बन्धमा रहेकाे स्वीकार्दै डंगाेलले हत्या स्वीकार गरेकाे प्रहरीले जनाएकाे छ ।
सरिता वैशाख १२ गतेदेखि तारकेश्वर–३, तीनपिप्लेबाट हराएकी थिइन् । बजार जान्छु भनी गाडी चढेर ११ गते दिउँसोदेखि हराएकी सरिताको खोजीका लागि पतिसहित परिवारका सदस्यले १२ गते खोजतलासका लागि प्रहरीमा जाहेरी दिएका थिए । खोजीका क्रममा मंगलबार दिउँसो टोखा–१ स्थित शिवपुरी जंगलमा गाडेको ठाउँबाट उनको शव उत्खनन गरिएको थियो ।
मृतक तिवारीका पति शंकर तिवारी र अनिल डङ्गोल साथी हुन् । शंकरकाे घरमा आवतजावत हुने क्रममा सरितासँग अनिलकाे सम्बन्ध गाढा भएकाे थियाे ।
प्रारम्भमा सामान्य सम्बन्ध प्रगाढ हुँदै जाँदा सरिता केही दिन अनिलसंगै रमाउन थालिन् । उता घरका मान्छेले पनि सरिता र अनिलकाे सम्बन्धबारे जानकारी पाए ।
जब घरका मान्छेले सम्बन्धबारे जानकारी पाए सरिताले अनिललाई आफुलाई अपनाउन दवाव दिन थालिन् । तर, अनिल उनलाई अपनाउन तयार थिएनन् ।
अन्तत सरिताकाे कर नै मृत्युकाे कारण बन्याे । सरिताकाे कचकच सहन नसकेपछि अनिलले उनकाे हत्या गरे र जंगलमा लगेर गाडे ।
हत्यामा अनिल बाहेक अरुकाे पनि संलग्नता छ कि छैन । अहिले प्रहरी साेही विषयमा अध्यन गर्दैछ ।
टिप्पणीहरू: