आइतबार, २५ जेठ २०८२

‘सकम्बरी’ले गरिन् इन्गेजमेन्ट


 काठमाडाै‌ं । प्रकाश सपुतकाे चर्चित गीत ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छिन्। 

प्रेमी विश्व अधिकारीसँग उनले मंगलबार इन्गेजमेन्ट गरेकी हुन्।

कुसुम आफैंले इन्गेजमेन्ट गरेको विषय सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्। कुसुम र विश्व केही समयदेखि प्रेम सम्बन्धमा थिए।

 केही महिनाअघि कुसुमले आफू प्रेमसम्बन्धमा रहेको र चाँडै बिहे गर्न लागेको बताएकी थिइन्। ‍

दुई वर्षअघि सार्वजनिक भएको प्रकाश सपुतको गीत ‘सकम्बरी’ बाट कुसुमले निकै चर्चा बटुलेकी थिइन। सकम्बरीपछि दर्जनौँ म्युजिक भिडिओ खेलेकी उनले मिलन चाम्स निर्देशित चलचित्र ‘वर एण्ड वधु’मा अभिनय गरेकी छिन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ