आइतबार, २५ जेठ २०८२

राजेश हमालकाे कमब्याक फिल्मलाई लगानी उठाउन धाै धाै


काठमाडौं । राजेश हमालको ८ वर्षपछिको कमव्याक फिल्म ‘नरसिंहाः अवतार’ले शुक्रबारबाट दोस्रो साता प्रवेश गरेको छ । निर्माण पक्षले फिल्मको पहिलो सप्ताहन्त कलेक्सन  दुई करोड ४ लाख ग्रस कलेक्सन गरेको दावी गरेकाे छ ।

याे निकै कमजाेर कमाई हाे । पहिलाे साताकाे तुलनामा दाेस्राे साता थाेरै व्यापार हुने सम्भावना हुन्छ । सबै खर्च कटाउदा निर्माताले पाउने भएकाे ४५ प्रतिशत हाे । याे भनेकाे ‘नरसिंहाः अवतार’का निर्माताले अहिलेसम्मकाे कमाईबाट ४५ लाख हात पार्छन । जबकी फिल्मकाे लागत नै तीनकराेड हाराहारी छ ।

 फिल्मको प्रमोसनमा हमाल आफै हिँडे तर, दर्शकले मन पराएनन् । उनी ‘नरसिंहाः अवतार’का दर्शक भेट्नका लागि पूर्वी नेपालको यात्रा पुरा गरेर यतिबेला पश्चिम नेपालमा छन् । यात्रामा उनलाई फिल्मका अभिनेता राज कटुवाल, अभिनेत्री सनिशा भट्टराई, वितरक छविराज ओझालगायतले साथ दिइरहेका छन् ।

दीवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा हमालसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी लगायतको अभिनय छ । क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ । यसमा राजु विक्रम थापाको डीओपी र साहिल खानको सम्पादन छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ