आइतबार, १८ माघ २०८२

रास्वपाको ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन


फाइल तस्बिर

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरको छ।

सो पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार निर्वाचनलक्षित गतिविधिहरु सञ्चालन गर्न केन्द्रीय समितिको निर्णयानुसार समिति गठन गरिएको हो। समितिको सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहेका छन्।

पार्टीले प्रदेशगत आधारमा प्रदेश समन्वय सचिव तोक्नुका साथै केन्द्रीयरुपमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक  समन्वय उपसमिति र सञ्चार समन्वय उपसमिति पनि गगठन गरेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ