शनिबार, १० साउन २०८२

‘भिजिट भिसा’ प्रकरणमा रास्वपा र राप्रपाकाे अडान कायमै, आज पनि संसद् बहिष्कार


फाइल तस्बिर

काठमाडौँ। ‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेकाे छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही प्रारम्भ भएकाे घाेषणा गर्नेबित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले रास्वपा सांसद बिनिता कठायत र राप्रपाका सांसद धवलशम्शेर जबरालाई बोल्ने समय दिएका थिए।

‘भिजिट भिसा’ प्रकरणमा संसद्मा विरोध गर्दै आइरहेकाे रास्वपाले आज ६०औँ दिन पनि जारी राखेकाे हाे।

रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ भने राप्रपाले संसदीय समितिको माग राख्दै आएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ