- असार ०७, २०८०
काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखककाे संलग्नता प्रमाणित भए जेल जानुपर्ने बताएकाे छ।
आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयहरूबारे जानकारी दिँदै कार्यबाहक प्रवक्ता मनीष झाले यस्ताे बताएका हुन्।
‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीज्युले याे प्रमाणित भयाे भने म राजनीति छाेडिदिन्छु भन्नुभएकाे छ। प्रमाणित भयाे भने त राजनीति छाड्ने होइन, जेल जाने हो। राजनीति छाेड्नैपर्छ त्यसपछि’, उनले भने।
उनले थपे, ‘अरू दलकाे नेतालाई त प्रमाणित नभएर जेलमा थुन्नुभएकाे छ नि त तपाईंले! तपाईंहरूकाे चाहिँ प्रमाणित हुनुपर्ने जेल जानलाई, अरूलाई त प्रमाणित नगरेरै अभियाेजन दर्ता भएकै आधारमा थुन्न थाल्नुभएकाे छ, थुनिरहनुभएकाे छ। त्यसकाे जवाफ के त ? कि पुरानाे दललाई चाहिँ प्रमाणित हुनुपर्ने हो, नयाँ दललाई चाहिँ दर्ता हुँदैमा जेलमा थुनिदिने हाे कि?
टिप्पणीहरू: