- असार ०६, २०८०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यका विषयमा छलफल हुनेछ ।
त्यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा र विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने कार्यसूची रहेको बताइएको छ ।
वाचापत्र कार्यदल विस्तार, संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा र संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न बैठकले निर्देशन दिने नेताहरूले बताएका छन् ।
टिप्पणीहरू: