बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



आन्दोलनमा गोली चलाउन आदेश दिने रिजाल भिजिट भिसा प्रकरणमा पनि संलग्न
शुक्रबार, २२ जेठ २०८३

आन्दोलनमा गोली चलाउन आदेश दिने रिजाल भिजिट भिसा प्रकरणमा पनि संलग्न


काठमाडौं । जेनजी आन्दोलनमा चर्को दमन गरेको आरोप खेपिरहेका सहसचिव छवि रिजालमाथि भ्रष्टाचारमा समेत संलग्न भएको भेटिएको छ । 

भदौ २३ गते जेनजीले गरेको आन्दोलमा काठमाडौंको तत्कालिन प्रमुख जिल्ला अधिकारी रिजालले गोली चलाउन आदेश दिएका थिए । दुई घन्टाको अन्तरालमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो ।

यद्यपि सर्वोच्च अदालतमा पठाएको जवाफमा भने उनले ‘राजनीतिक समन्वयमा गरिएको काम’ भनेर व्याख्या गरेका छन् ।

जेनजी समुहले रिजाललाई पक्राउ गर्न सरकारलाई दवाव दिए पनि सरकारले अहिलेसम्म पक्राउ गरेको छैन तर, उनी माथी अनुसन्धान भने जारी रहेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अघि गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख रहेका रिजाल भिजिट भिसा प्रकरणमा जोडिएको तथ्यहरु फेला परेको छ ।

तत्कालीन गृहमन्त्री रमेश लेखकसँगको पालामा प्रशासन महाशाखा प्रमुख रहेका उनीमाथि कर्मचारीहरूलाई अध्यागमन एवं आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरित काम गरेको’ आरोप छ ।

अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको उल्लेख छ ।

 जेनजी आन्दाेलनपछि रिजाललाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ