शुक्रबार, २६ मंसिर २०८२

आन्दोलनमा गोली चलाउन आदेश दिने रिजाल भिजिट भिसा प्रकरणमा पनि संलग्न


काठमाडौं । जेनजी आन्दोलनमा चर्को दमन गरेको आरोप खेपिरहेका सहसचिव छवि रिजालमाथि भ्रष्टाचारमा समेत संलग्न भएको भेटिएको छ । 

भदौ २३ गते जेनजीले गरेको आन्दोलमा काठमाडौंको तत्कालिन प्रमुख जिल्ला अधिकारी रिजालले गोली चलाउन आदेश दिएका थिए । दुई घन्टाको अन्तरालमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो ।

यद्यपि सर्वोच्च अदालतमा पठाएको जवाफमा भने उनले ‘राजनीतिक समन्वयमा गरिएको काम’ भनेर व्याख्या गरेका छन् ।

जेनजी समुहले रिजाललाई पक्राउ गर्न सरकारलाई दवाव दिए पनि सरकारले अहिलेसम्म पक्राउ गरेको छैन तर, उनी माथी अनुसन्धान भने जारी रहेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अघि गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख रहेका रिजाल भिजिट भिसा प्रकरणमा जोडिएको तथ्यहरु फेला परेको छ ।

तत्कालीन गृहमन्त्री रमेश लेखकसँगको पालामा प्रशासन महाशाखा प्रमुख रहेका उनीमाथि कर्मचारीहरूलाई अध्यागमन एवं आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरित काम गरेको’ आरोप छ ।

अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको उल्लेख छ ।

 जेनजी आन्दाेलनपछि रिजाललाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ