- असार ०६, २०८०
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लालवीर चौधरीलाई नयाँ अध्यक्ष चयन गरेकाे छ।
काठमाडौंको बानेश्वरमा बिहीबार बसेको नाउपाकाे राष्ट्रिय भेलाले चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको हो।
प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीर पार्टी संरक्षक रेशम चौधरीका बावु हुन्।
बुधबारकाे भेलाले रेशमकी श्रीमतीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको थियो। श्रीमती रञ्जितालाई हटाएसँगै रेशमले बावु लालवीरलाई पार्टी अध्यक्ष बनाएका हुन्।
टिप्पणीहरू: