बिहिबार, १३ कात्तिक २०८२

रश्मिका भन्छिन्–कति घन्टा काम गर्ने टिमको छलफलमा भर पर्छ


मुम्बई । केही अघि आठ घन्टा काम गर्न पाउनु पर्ने माग गरेकै कारण बलिउड नायिका दिपिका पादुकोण संदीप रेड्डी वांगाको फिल्म स्प्रिटबाट बाहिरिइन् ।

प्रभासको अपोजिट दीपिकाको काष्टिङका विषयमा निकै विवाद भएको थियो । उनले आफ्नो पारिश्रमिक बढी हुुनु पर्ने र दैनिक आठ घन्टा मात्रै काम गर्नुपर्ने अडानकै कारण बाहिरिएकी थिइन् । 

यही सन्दर्भमा दक्षिण भारतिय नायिका रश्मिाका मंदानाले पनि आफ्नो प्रतिक्रिया दिएकी छिन् । एक भारतीय च्यानललाई अन्तर्वार्ता दिने क्रममा रश्मिकाले काम गर्नु अघि नै कति घन्टा काम गर्ने भन्नेमा टिममा छलफल हुनुपर्ने धारणा राखिन् । उनले ९ देखि ९ वा ९ देखि ६ बजेसम्म काम गर्दा खासै फरक नपर्ने प्रतिक्रिया दिइन् । ‘कति घन्टा काम गर्ने भन्ने कुरा व्यक्तिको भन्दा पनि फिल्ममा भर पर्छ ।’ उनले भनिन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ