- असार ०७, २०८०
 समयआवाज  संवाददाता
                                    
                                       समयआवाज  संवाददाता
                                    
                                    
                                 
                               
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदकाे हिउँदे अधिवेशन आह्वान गरेका छन्।
मंगलबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते संसदकाे दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।
मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
टिप्पणीहरू: