- असार ०७, २०८०
फाइल तस्बिर
काठमाडौं। मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)विरुद्ध बलात्कारकाे मुद्दा दायर भएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार झाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
अहिराज बलात्कार आरोपमा साउन ४ गते पक्राउ परेका थिए। पक्राउ परेको १०औँ दिनमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा उनीविरुद्ध मुद्दा दायर भएकाे हाे।
अहिराजमाथि एक युवतीलाई बलात्कार गरेको आरोप छ। २०८१ जेठ ४ मा काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले आफूलाई बलात्कार गरेको युवतीकाे आरोप छ।
टिप्पणीहरू: