- असार ०६, २०८०
काठमाडाैं । एमालेका सरोजकुमार यादव ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
सिन्धुलीकाे एक हाेटलमा सुवेदीले यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि अहिले समाजिक सञ्जालमा चर्चाकाे विषय बनेकाे छ ।
बिरामी भएकाे भन्दै उपचारका लागि काठमाडाैं हिँडेकी सुवेदीले यादवलाई बाटैमा सपथ खुवाएकी थिइन् ।
मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि गएको शनिबार पदबाट राजीनामा दिएका थिए।
सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
टिप्पणीहरू: