शुक्रबार, २६ भदौ २०८३

रामबहादुर थापा बादलले दिए सरकारलाई सात बुँदे सुझाव


काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारलाई रसुवा बाढीबारे सात सुझाव दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सात सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीले एकांकी शैलिमा शासन गरेकाे भन्दै गुणात्मक परिवर्तन गर्नुपर्ने सुझाव दिए। 

राष्ट्रिय सहमतिबाटै विद्यमान संकटको समाधान गर्न सकिने भन्दै उनले राजनीतिक दल, विज्ञहरूको सर्वपक्षीय संयन्त्रको निर्माण गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, सभामुखले सरकारलाई सचेत तथा सहयोग गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरे । 

अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने सुझाव बादलले दिए । 

त्यस्तै, सरकारले उद्धार र राहतका लागि रक्षामन्त्रीको नेतृत्वमा स्पेशल टास्कफोर्क गठन गर्नुपर्ने धारणा राखे । 

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्न सुझाए । 

जलवायु परिवर्तनबाट उपन्न संकटको सामना र अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि सगरमाथा संवादको दोस्रो संस्करण अघि बढाउन आवश्यक रहेको बताए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ