आइतबार, ०८ कात्तिक २०८३

बिहीबारदेखि नेपालमा पानी पर्न सक्ने


काठमाडाैं ।  बंगालको खाडीमा विकसित मौसमी प्रणालीको प्रभावले बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढ्ने भएको छ।

मौसमविद्हरूका अनुसार बिहीबार रातिदेखि शुक्रबार रातिसम्म यसको प्रभाव बढी देखिनेछ। केही क्षेत्रमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने भएकाे छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बंगालको खाडीको मध्य उत्तरी भाग आसपास रहेको न्यूनचापीय प्रणाली क्रमशः बलियो बन्दै चक्रवातमा परिणत हुने क्रममा छ।

लामिछानेका अनुसार मंगलबारसम्म पहाडी र हिमाली जिल्लामा आंशिक बादल लागे पनि धेरैजसो ठाउँमा वर्षा हुने सम्भावना छैन।

कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा भने छिटपुटदेखि हल्का वर्षा हुन सक्नेछ। 

बुधबारदेखि भने मौसममा परिवर्तन देखिन सुरू हुने उनको भनाइ छ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ