- असार ०७, २०८०
काठमाडाैं । गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले ‘रेस लामा’ भनिने गोपाल मोक्तानलाई पक्राउ गरेको छ ।
यस अघि तरबारले केक काटेकाे भिडियाे सार्वजनिक गरेपछि पक्राउ परेर छुटेका थिए ।
उनलाई काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो ।
उनीमाथि एकजनालाई कुटपिट गरेको आरोप छ । प्रहरीले अभद्र व्यहारको कसुरमा पक्राउ पुर्जी लिएर मोक्तानलाई पक्राउ गरेको जनाएकाे छ ।
टिप्पणीहरू: