आइतबार, ०१ भदौ २०८२

उपचारका क्रममा कैदीको मृत्यु, अस्पताल परिसरमा प्रदर्शन


वीरगञ्ज (पर्सा) ।  वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएपछी प्रदर्शन सुरु भएकाे छ। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगर–२५ का राहुलकुमार साहको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

आज बिहानदेखि छाती दुख्ने र फुल्ने समस्या देखिएपछि कैदी साहलाई नारायणी अस्पताल पु-याएको र उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख खिमराज भुसालले जानकारी दिए । साह विसं २०७९ देखि कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गर्दै आइरहेका थिए ।  

पर्सा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएपछि नारायणी अस्पताल परिसरमा आफन्तले विरोधस्वरुप प्रदर्शनीमा उत्रिएको जानकारी दिए । “अस्पताल परिसरमा पर्याप्त सुरक्षाकर्मी खटाएर शान्तिसुरक्षा कायम गर्ने प्रयास गरिरहेका छौँ ।” उनले भने ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ