सोमबार, १९ साउन २०८२

बागमती नयाँ मुख्यमन्त्री नियुक्तिकाे प्रकृया सुरु, भाेलि २ बजेसम्म दाबी पेश गर्न आह्वान


काठमाडाैं ।  बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ ।

मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा बुझाएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले   साउन २० गते दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ ।

नेपाली कांग्रेसका बहादुर सिंहले राजीनामा दिएपछि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारको नेतृत्व कांग्रेसबाटै संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले गर्नेछन ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ