शनिबार, ०८ कात्तिक २०८२

ह्यात होटल बन्द भएकाेमा प्रधानमन्त्रीकाे चासाे


काठमाडाैं । काठमाडाैंमा रहेकाे पाँच तारे  ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग आज बिहान कुराकानी गरी जानकारी लिए।
त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका छन्।
खनालले भन्नुभयो, ‘तपाईँहरु आत्तिन भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।’

यसबारे भोलि आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्नेछ। शुक्रबार हाेटल व्यवस्थापनले सूचना जारी गर्दै हाेटल अनिश्चितकालका लागि बन्द भएकाे सूचना जारी गरेकाे थियाे ।

भदाै २४ मा भएकाे विध्वासात्मक घटनामा संलग्लाई कार्वाहीकाे दायरामा नल्याएकाे विषयले सरकारकाे आलाेचना भएकाे छ भने उद्याेगी व्यवसायीले काम गर्ने वातावरण नभएकाे प्रतिक्रिया दिइरहेका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ