सोमबार, ०३ कात्तिक २०८२

भ्रष्टाचारसंग सम्बन्धित फाइल खाेलेर काम सुरु गरेकाे प्रधानमन्त्रीकाे ब्रिफिङ


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले  भ्रष्टाचारसंग सम्बन्धित फाइल खाेलेर काम थालिएको बताएकी छिन् ।

शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई ब्रिफिङ गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

सरकारले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरेकाे जानकारी दिइन् । 'ज्यादै फैलिएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौं,’ उनले भनिन् ।

वर्तमान सरकारले जवाफदेहीता सुनिश्चित गर्न तत्काल कदमहरू चालिरहेको उनले बताएकी छिन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ