- असार ०७, २०८०
काठमाडौं । गणतन्त्र दिवसको तयारी समिति बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राेष व्यक्त गरेका छन् । आज सिंहदरबारमा भएको बैठकमा उनले बालेनको नाम नलिइकन उनकाे शैलिप्रति असन्तुष्टि जनाए ।
बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति २०८२’ गठन गरेको छ । प्रधानमन्त्रीले धुमधामसंग गणतन्त्र दिवस मनाउन निर्देशन दिएका छन् ।
वैठकमा उपमेयर सुनिता डंगाेल उपस्थित भए पनि बालेनलाई नदेखेपछि किन नआएकाे । यस्ता वैठकमा कतिपटक अनुपस्थित भएपछि नाम हटाउन मिल्छ भनेर जिज्ञासा राखेका थिए । मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्रीले आयाेजना गर्ने मिटिङमा सहभागी हुनु कर्तब्य भएकाे स्मरण गराएका थिए ।
टिप्पणीहरू: