आइतबार, ३१ जेठ २०८३

नागरिक समाजका अगुवासँग छलफल गर्दै प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग संवाद गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल जारी छ।

छलफलमा नागरिक समाजका अगुवा/प्रतिनिधिहरु इन्द्र अधिकारी, सुवोधराज प्याकुरेल, जेबी विश्वकर्मा, केदार भक्त माथे, स्टेला तामाङ, विजयकान्त कर्ण, गीता शर्मा, दोभान राई सहभागी छन्।

यस्तै, विजय तिमल्सिना, खगेन्द्र सङ्ग्रौला, तुलानारायण साह, रेवती कार्की, शिशिर उप्रेती, दीपेश घिमिरे, राजुप्रसाद चापागाईँलगायत सहभागी छन्। छलफलकाे विषय जेनजी आन्दाेलन, निर्वाचनलगायत छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ