- असार ०६, २०८०
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापनका विषयमा तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन दिएका छन् ।
कृषि मल व्यवस्थापन र उत्पादनवृद्धिबारे आज सिंहदरबारमा कृषि र उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठाेस योजना ल्याउन निर्देशन दिएका छन् ।
कम्पाेष्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन पनि उनले निर्देशन दिएका छन् ।माटाेकाे उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन उनले निर्देशन दिएका छन् ।
अहिले मधेशमा खेतमा मल हाल्ने बेला भए पनि मल नपाउदा किसान चिन्तित छन् । मलमा पनि भनसुन हुने गरेकाे र पहुँचवालाले मात्रै पाउने गरेकाे आराेप किसानहरुले लगाउने गरेका छन् ।
टिप्पणीहरू: