- असार ०६, २०८०
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रीहरुसँग कार्यसम्पादन सम्झाैता गर्ने भएका छन् ।
प्रधानमन्त्री भए लगत्तै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झाैता गरेका ओलीले नयाँ आर्थिक वर्ष सुरु भएपछि फेरि सम्झाैता गर्न लागेका हुन् । आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि आज मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दैछन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
गत वर्ष कार्यसम्पादन सम्झाैता गरेका मध्ये तीन जना मन्त्री मिति नपुग्दै बाहिरिएका थिए । विद्या भट्टराईले शिक्षक आन्दाेलनका सन्दर्भमा राजीनामा दिएकी थिइन् भने उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई प्रधानमन्त्री ओलीले बरखास्त गरेका थिए । पाेखराकाे लिचीबारी प्रकरणमा जाेडिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
टिप्पणीहरू: