शनिबार, १० असोज २०८३

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिएर प्रधानमन्त्री बालेन स्वदेश फर्किए


काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन शाह आज स्वदेश फर्किएका छन्।

​गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए । त्यसलगत्तै उनले संयुक्त राष्ट्रसङ्घको महासभालाई  नेपालको तर्फबाट सम्बोधन गरेका थिए ।

​भ्रमणका क्रममा न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी भएका प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहिबेर अघि अवतरण गरेका हुन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ