- भदौ ०१, २०८१
बगदाद । आगमाी जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली अल–जैदीबीच ह्वाइट हाउसमा भेटवार्ता हुने बगदाद स्थित अमेरिकी दूतावासले मङ्गलबार जनाएको छ ।
राष्ट्रपतिका विशेष दूत ब्याराकले राष्ट्रपति ट्रम्प यस सम्बन्ध बारे छलफल गर्न जुलाईको मध्यमा ह्वाइट हाउसमा प्रधानमन्त्री अल–जैदीलाई स्वागत गर्न तत्पर रहेको बताएका छन् । इराकी नेता र इराकका लागि ट्रम्पका विशेष दूत टम ब्याराकको संयुक्त विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको जनाइएको छ ।
इराकको राजधानी बगदादको बाराकको भ्रमणका क्रममा उनले इराकका सशस्त्र समूहहरूलाई निशस्त्रीकरण र विघटन गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्दा यस्तो घोषणा गरिएको जनाइएको छ ।
अमेरिकाले हालै इरान समर्थित समूहहरूलाई निशस्त्र बनाउन बगदाद माथि दबाब बढाएको छ । मे महिनाको सुरुमा, वासिङ्टनले उक्त समूहहरू विरुद्ध “ठोस कदम“ चालेपछि इराकमा वित्तीय हस्तान्तरण र सुरक्षा सहयोग पुनः सुरु गर्ने प्रतिवद्धता गरेको थियो ।
अप्रिल –८ मा युद्धविराम लागु हुनु अघि फेब्रुअरीको अन्त्यमा मध्यपूर्व युद्ध सुरु भए पछि सशस्त्र समूहहरूले इराकमा अमेरिकी सुविधाहरू विरुद्ध आक्रमणहरू सुरु गरेका थिए ।
अमेरिकाले केही गुटहरूमा पनि आक्रमण गरेको छ, जसले वासिङ्टन र बगदादबिचको सम्बन्धलाई तनावपूर्ण बनाएको छ ।
गत मे महिनाको मध्यमा कार्य–भार सम्हालेका अल–जैदीले राज्यले हतियारमा एकाधिकार कायम राख्ने आश्वासन दिनु भएको छ ।
उहाँले वासिङ्टनसँग व्यापार र लगानी सम्बन्धलाई मझभुत बनाउने इराकको प्रतिबद्धतालाई पनि दोहोर्याउनु भएको छ ।
इरान र संयुक्त राज्य अमेरिकाले सोमबार मध्यपूर्व युद्धको अन्त्य गर्ने सम्झौताको घोषणा गरेका थिए ।
इराक लामो समयदेखि संयुक्त राज्य अमेरिका र इरानबिचको युद्धको मैदान बनेको छ, भने सरकारका प्रतिनिधिहरूले गातार तिनीहरूबीच सन्तुलन कायम राख्नका लागि वार्ता गरिरहेका छन् ।
टिप्पणीहरू: