मङ्गलबार, ०४ कात्तिक २०८२

जेनजीले राजीनामा मागेपछि लिचीबारी जग्गा प्रकरणको मुद्दा विशेष अदालतमा दर्ता गर्ने तयारी


काठमाडौं । जेनजी आन्दोलनकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलगायत आयुक्तहरुको राजीनामा मागेपछि अख्तियारले पोखराको लिचीबारी जग्गा प्रकरणमा सम्बन्धी मुद्दा विशेष अदालतमा दर्ता गर्ने तयारी गरेको छ ।

पोखराको लिचीबारी प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायत मुछिएका छन् । प्रकरणमा मुछिएपछि मन्त्री गुप्ताले राजीनामा दिए पनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको दवावमा अधिकारी र श्रेष्ठको हकमा अख्तियार लचिलो भएको थियो ।

जेनजी युवाहरुले राजीनामा माग्न थालेपछि अख्तियार प्रमुख राई दवावमा परेका छन् । भ्रष्टाचार निवारणका लागि स्थापित संस्थाका प्रमुख भएर पनि राईले तत्कालिन प्रधानमन्त्री ओलिको निर्देशन अनुसार आफु इतरका ब्यक्तिलाई मात्रै कारवाहीको दायरामा ल्याएको गुनासो बढ्दो छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण, आयल निगम जग्गा प्रकरणलगायतका काण्डहरुमा जोडिएका राईलाई ओलीले चोरबाटोबाट अख्तियार प्रमुख नियुक्त गरेका थिए । ओलीको कृपाले नियुक्त भएको भन्दै उनले काम पनि ओलीकै निर्देशन अनुसार गर्दै आएका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ