आइतबार, २५ जेठ २०८२

प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक


काठमाडाैँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन्।

आज मध्याह्न १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेगरी बैठक बोलाइएकाे माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेकाे बेला प्रचण्डले विपक्षी दलकाे बैठक बाेलाएका हुन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ