बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान
बिहिबार, २१ जेठ २०८३

प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडाैं ।  नेपाल प्रहरीका नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

बिहीबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा सुरक्षा क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। 

कार्की चन्द्रकुबेर खापुङलाई प्रतिस्थापन गर्दै नयाँ आईजीपी बनेका हुन्। उनी अब २९ महिना प्रहरी संगठनको नेतृत्वमा रहने छन्।

२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ