शनिबार, ३१ साउन २०८२

पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ ३३ पैसा बढ्याे


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर रु दुईले वृद्धि भएको छ । यसअघि प्रतिलिटर रु १५९ मा बिक्री हुँदै आएको पेट्रोल अब भने प्रतिलिटर रु १६१ कायम गरिएको छ ।

नयाँ खरिद मूल्यअनुसार पेट्रोलका प्रतिलिटर दुई रुपैयाँ ३३पैसा बढेर आएको छ भने डिजलको मूल्य प्रतिलिटर एक रपैयाँ २७ पैसा घटेर आएको छ ।

 शुक्रबार  मध्यरात १२ः०० बजेदेखि लागू हुने गरी निगमले तय गरेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६१ र डिजल एवम् मट्टीलेत  प्रतिलिटर एक सय ४९ तोकिएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ