बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्न पर्सा प्रशासनको आह्वान
शुक्रबार, २२ जेठ २०८३

सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्न पर्सा प्रशासनको आह्वान


वीरगञ्ज (पर्सा)। जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सार्वजनिक अपिल गर्दै सामाजिक सद्भावमा खलल पुर्‍याउने कुनै पनि खालको गतिविधि नगर्नका लागि आह्वान गरेका हुन्।

‘एक अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सृजना गरी राष्ट्रिय एकतामा आँच पुर्‍याउने वा झुठा अफवाह फैलाइ समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरुको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतको सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको छ’, उनले भने, ‘यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिई सचेत र सजग हुन पनि अनुरोध गरिन्छ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ