- असार ०६, २०८०
काठमाडौँ । प्रहरीले सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारलाई आज पक्राउ गरेको छ ।
परियारलाई बैंकिङ कसुरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
“परियार बैंकिङ कसुरको मुद्दामा फरार देखिएकाले हाम्रो टोलीले अहिले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।” उनले भने ।
टिप्पणीहरू: